नियम ९
अनुगमन तथा सहजीकरण समितिको काम, कर्तव्य र अधिकार
अनुगमन तथा सहजीकरण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) लगानी स्वीकृति प्राप्त भएका परियोजना कार्यान्वयनका लागि सहजीकरण गर्ने,
(ख) परियोजना कार्यान्वयनका लागि सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गर्ने,
(ग) परियोजनासँग सम्बन्धित सम्झौता बमोजिम परियोजना कार्यान्वयन भए वा नभएको अनुगमन गर्ने वा गराउने,
(घ) अनुगमन प्रयोजनको लागि सम्बन्धित निकाय तथा अनुमतिपत्र प्राप्त व्यक्ति बीच सूचना आदान प्रदान गर्न उपयुक्त संयन्त्र विकास गर्ने वा गराउने,
(ङ) परियोजनाको अनुगमन गर्ने एकाइलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिने,
(च) परियोजना कार्यान्वयनमा आइपरेका समस्याको समाधान गर्न पहल गर्ने,
(छ) परियोजना कार्यान्वयनमा समय, लागत र गुणस्तरको दृष्टिले उपयुक्त हुने देखिएमा प्रोत्साहन उपलब्ध गराउन बोर्ड समक्ष सिफारिस गर्ने,
(ज) परियोजना कार्यान्वयनको कार्यतालिका अनुसार परियोजना निर्माण वा सञ्चालन नगरेको अवस्थामा त्यस्तो परियोजनाको अनुमति रद्द गर्न आधार र कारण खुलाई बोर्ड समक्ष सिफारिस गर्ने,
(झ) बोर्डले तोकिदिएका विषय तथा क्षेत्र सम्बन्धी कार्य गर्ने वा गराउने ।